काठमाडौँ । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ ।
१८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार २३ गतेदेखि पठनपाठन सञ्चालन गरिने छ । यहाँ ३९ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ ।







