२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किंग्स कपको उपाधि अल हिलाललाई

अ+ अ-

काठमाडौँ । साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ । 

गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो ।

हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको हो ।

खेल सुरु भएको सातौं मिनेटमा हिलालका लागि एलेक्सान्दर मित्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा अल नासरका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

८७ औं मिनेटमा हिलालका अलि अल बुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए । 

८८ औं मिनेटमा नासरका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो । 

९० औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटिन पुगेको थियो । उसका कालीडो कोलीबाली दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर, टाइब्रेकर हुँदै सडन डेथमा हिलालले बाजीमार्न सफल भयो ।

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अलि लजगामीले मात्रै गोल गरे ।

किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ ।