काठमाडौँ । सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको ३७६ औँ बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीको उक्त लाभांशमा १।०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपश्चात तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।