काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
कोभिड-१९ का कारण पर्यटक आगमन घटेको भन्दै मन्त्री तामाङले सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको दाबी गरे ।
लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौँमा आउने हिन्दु धर्मावलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै उनले नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने बताए ।
पर्यटन क्षेत्रको विकासले मुलुकको समृद्धिको आधार समेत तयार हुने उनको दाबी छ ।