२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्री यादवको निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिएका छन् ।  

मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गरे । 

उनले बच्चाहरूको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गरे । 

प्रसूतिगृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाब चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुनेछ ।

सा अवसरमा मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु, ह्युमन मिल्क बैँक कक्षहरू अनुगमन गरेका थिए । भवन निर्माणको पैसा भुक्तानी नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी गराए । उनले भने, “नयाँ भवन छिट्टै सञ्चालनमा आउनेछ । अस्पतालमा पार्किङ र जनशक्तिको भाव छ । एनआइसियुको बेडको स्तरोन्नति गराउनुपर्ने छ ।”

मन्त्रीसमक्ष नर्स इन्दिरा ढुङ्गेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई जना नर्सले ५२ जना आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गरे । सो अस्पतालको ओपिडीमा दैनिक आठ सयदेखि एक हजारसम्मले सेवा लिने गरेका छन् ।