२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अनुगमन

अ+ अ-

धुलिखेल । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अनुगमन निरीक्षण गरेका छन् ।  

भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणको अवस्था र हाल भइरहेको कामको अनुगमन गरी त्यसको प्रगतिबारे जानकारी लिएका हुन् । रु. १० अर्ब बराबरको लागतमा निर्माण भइरहेको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए। 

निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माण धमाधम भइरहेको जानकारी दिएको थियो । आयोजनाको अनुगमनपछि प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले निर्माणाधीन प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण दौरानमा केही बाधाहरू रहेको भन्ने जानकारी पाएको र त्यसको समाधान गर्दै छिटो सम्पन्न गर्न नेपाल सरकारका तर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

“भारत सरकार पनि छिट्टै आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न चाहेको देखिन्छ, तर हाम्रै कारणले केही ढिलाइ भइरहेको भन्ने जानकारी प्राप्त भएको छ”, उनले भने, “त्यसबारे छलफल भइसकेकाले समस्याको समाधान गरी जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा सरकार छ ।” 

गृहमन्त्री लामिछाने नेतृत्वको टोलीले आयोजनाका विभिन्न संरचनाको प्रगतिबारेमा जानकारी लिएका थिए । विसं २०७९ असारमा निर्माण सुरु भएको आयोजना आगामी विसं २०८२ असारमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ । 

प्रतिष्ठानमा प्रशासनिक भवन, शैक्षिक भवन, खेलमैदान, स्विमिङ पुल, हेलिकप्टर अवतरण स्थललगायतका भौतिक संरचना निर्माण भइरहेको छ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका संरचना निर्माण हुने जनाएको छ ।

दिगो विकास मापदण्ड अनुरूप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुने जनाएको छ । आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ ।