काठमाडौँ । नेकपा एमाले मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्। उनले ३१३ मत ल्याएर निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानले २६२ मत ल्याएका छन्।
अध्यक्षमा निर्वाचित भएका पोखरेल एकीकृत समाजवादीबाट एमाले फर्किएका थिए। उनलाई बागमती प्रदेश कमिटीको अध्यक्षमा पराजित भएका कृष्ण दाहालले समर्थन गरेका थिए।
स्याङ्तानलाई निवर्तमान जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, डोरमणि पौडेलका साथै जिल्ला पार्टी इन्चार्ज देवी ज्ञवालीको पनि समर्थन थियो।
स्याङतानलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेतको समर्थन रहेको नेताहरूले बताएका छन्। उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन्।







