२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्सी लगाएका सांसद झाले भने, ‘सच्चा देश क्रिकेट टोलीमा मात्रै छ’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन् । उनले सदनमा एकले अर्कालाई सिद्ध्याउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक लेखकले ‘डिलिङ विथ डिलेमा’ भन्ने पुस्तकमा लेखेको राष्ट्र उग्रवाद र देशप्रेमीको प्रसंगलाई उल्लेख गर्दै सदनमा दलहरुबीच देखिएको टकरावलाई व्याङ्ग्यात्मक रुपमा प्रहार गरे । उनले कर्मचारीदेखि निजी क्षेत्रसम्म कतै उत्साह नभेटिएको चर्चा गरेका छन् ।

उनले भने, ‘हामी उग्र राष्ट्रवादले भन्दा पनि कठोर देशप्रेमले देश बनाऔँ भन्छौँ । राष्ट्रवादले जे छ सबै ठिक छ भन्छ, कठोर देशप्रेमले जे गलत छ त्यसलाई सुधार्नुपर्छ भन्छ । अहिले कर्मचारीको उत्साहमा देश खोज्न जाँदा देश भेटिँदैन । निजी क्षेत्रको लगानीमा देश भेटिँदैन । बजारमा हेर्न जाँदा देश भेटिन गाह्रो छ । सदनमा त झनै गाह्रो छ । किनकि यहाँ सबैले सबैलाई सिद्ध्याउने प्रयासमा छन् ।’

यस्तै, सांसद झाले एक दशकपछि आज टी-२० विश्वकप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय टोलीलाई बधाई र जितको शुभकामना दिँदै सच्चा देश आजको अवस्थामा राष्ट्रिय टिमभित्र मात्रै रहेको टिप्पणी गरे ।

‘आज विश्वकप खेल्दै गरेको राष्ट्रिय टोलीभित्र देश भेटिन्छ । त्यहाँ देशको लागि खेल्न फर्किएको सोमपाल कामीलाई देशले स्वागत गर्छ र टोलीले खेल्न दिन्छ । यो घुम्दै आयो र टोलीमा पर्‍यो भनेर खिसीट्युरी गर्दैन । त्यहाँ हेर्नुहोस् यादव, झा, पौडेल सबै साथमा मिलेर खेलिरहेका छन् । त्यसैले आज देश खोज्ने हो भने क्रिकेट टोलीमा पाउँछौँ,’ सांसद झाले भने ।

आज सत्ता समीकरणमा रहेको रास्वपा सांसदहरुले राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका थिए । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा रास्वपाका १२ जना सांसदहरु जर्सी लगाएरै बैठकमा सहभागी बनेका हुन् ।