काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को शैलीलाई काँग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताएका छन् ।
बिहीबार संसद् भवन बाहिर कुरा गर्दै उनले काठमाडौँ महानगरका प्रमुख साहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको दाबी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा मेयर साहले विभिन्न स्ट्याटसहरू लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बताए । उनले देश, लोकतन्त्रका लागि लडेको नेताहरूको बारेमा मेयर साहको टिप्पणी तल्लो स्तरको रहेको जिकिर गरे ।







