२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका सचिव भन्छन्-तलब भन्दा निजामती ऐन प्राथमिकतामा छ

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका सचिवहरूले अहिले कर्मचारीहरूको लागि निजामती सेवा ऐन प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । 

ऐनको अभावमा सेवा प्रवाह र सुशासनमा समेत चुनौती रहेको सचिवहरूको भनाइ छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. कृष्णहरि पुष्करले अहिले राष्ट्र सेवक कर्मचारीहरूको लागि अत्यावश्यक निजामती सेवा ऐनलगायतका केही कानूनहरु नआइसकेका कारण सेवा प्रवाह र सुशासनमा चुनौती रहेको बताएका हुन् । ऐनको अभावमा भ्रष्टाचार निवारणका काममा पनि केही चुनौती थपिएको उनको भनाइ छ ।

‘सुशासन प्रत्याभूति गर्नका लागि मुख्य जिम्मेवारी राष्ट्र सेवक कर्मचारीहरूको हुन्छ’, उनले भने, ‘अहिले कर्मचारी व्यवस्थापन गर्न गाह्रो भएको छ । निजामती सेवा ऐन नहुँदा अप्ठ्यारो परेको छ । सुशासनको प्रत्याभूति गराउन गाह्रो भइरहेको छ । हजुरहरूले पहल गर्नुभयो भने पार्लियामेन्टबाट पारित हुने अवस्था हुन्छ । यसको लागि बिन्ती गर्न चाहन्छु ।’ 

बैठकमा सांसदहरूले कर्मचारीहरूको तलब नबढेकोले तलब बढाउन पहल गर्ने बताएपछि जवाफमा सचिव पुष्करले यस्तो बताएका हुन् । सरकारले गरेका राम्रा कामको प्रमोसनका लागि पहल गरिदिन उनले सांसदहरूलाई आग्रह गरे । 

राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले कर्मचारीहरूको प्राथमिकतामा तलब भन्दा ऐन रहेको बताए । ‘कर्मचारीहरूको तलब बढेन हामीले के गर्नुपर्छ भनेर माननीयज्यूहरूले भन्नु भयो’, उनले भने, ‘माननीयज्यू हामीलाई अहिले निजामती सेवा ऐन ल्याइदिनुस्, तलब बरु अर्को वर्ष बढाइदिए हुन्छ ।’

सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० चालु अधिवेशनबाटै पारित गर्ने गरी तयारी गरेको छ । विधेयकमा संशोधनका लागि परेका १५ सय वटा संशोधन प्रस्तावसहित विधेयक प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । विधेयकमाथि प्रतिनिधि सभामा केही दिन छलफलसमेत भएको थियो ।