२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-८ मा निर्माण गरिएको ‘पाकिस्तान-नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । 

नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले उक्त पार्क हस्तान्तरण गरेका हुन् । 

राजदूत हाश्मीले काठमाडौँमा पाकिस्तान-नेपाल मित्रता पार्क स्थापनाकामा सहकार्य गर्ने बुढानीलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडको प्रशंसा गरे । साथै  पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक र सामाजिक कार्यकर्ताका साथै सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे । उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहने र दुवै देशका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए ।

राजदूत हाश्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको आधारमा निर्माण भएको उल्लेख गरे । यसले मानवताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई झल्काएको समेत उनको भनाइ थियो ।

उक्त पार्क निर्माणका लागि नागरिक समाज र  स्थानीयवासीले दूतावास नगरपालिकालाई धन्यवाद दिँदै बालबालिका युवा तथा वृद्धवृद्धाको स्वास्थ्यको हितमा प्रयोग गर्ने ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत हाश्मीसहित बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, लायन्स क्लब अफ काठमाडौँका गभर्नर लायन हिराप्रसाद दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललगायतको उपस्थिति थियो ।