२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशलाई चार रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको जित निकालेको हो । दक्षिण अफ्रिकाबाट ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ३७ रन बनाए । महमुदूल्लाह रियादले अविजित २० रन बनाए । नाज्मुल हसन सान्टो १४ रन बनाउँदा तान्जिद हसन र लिटन दासले समान ९–९ रन बनाए । ज्याकर अलीले आठ रन ‍र सकिब अल हसन तीन रन जोडे ।

बलिङतर्फ केशव महाराजले तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्त्जेले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । अर्धशतक बनाउन चार रनले चुकेका क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरे । डेविड मिलरले २९ र क्विन्टन डी ककले १८ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट लिए । जितसँगै ६ अंकका साथ दक्षिण अफ्रिका समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ । तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ । यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, श्रीलङ्का र नेपाल पनि छन् ।