१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल 

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताए ।

सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उनले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृतिले प्रतिफल आउन नसकेको धारणा राखे। “कार्यक्रम र आवश्यकता हेरेर बजेट बनाउनुपर्ने हो तर बजेट हेरेर कार्यक्रम बनाउन लागिएकाले समस्या भइरहेको छ । कर्णालीमा गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले अब स्रोतसाधन र आवश्यकतालाई ख्याल गरेर आशा जगाउने गरी काम गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री कँडेलले भने । 

उनले कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न बुलबुले ताल तथा समग्र क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रीत भएको बताए । कर्णालीको परिचय बदल्न अब सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।