काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन् । उनले नीति नै बनाएर खर्च गर्न सक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताइन् ।
नेपालको पर्यटनको मूल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरू रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरूबाट पर्यटन प्रवर्द्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन् ।
सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरू पुर्याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन् । उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताइन् ।