१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले नीतिगत स्थिरता र अनुकूल व्यावसायिक वातावरण निर्माण गरोस्, निजी क्षेत्र लगानीका लागि तयार छ’ : महासंघ अध्यक्ष श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र लगानीका लागि तयार रहेको भन्दै त्यसका लागि सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा र अनुकूल व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उनले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको समेत बताए । बजारमा उत्पादनको माग घट्दै गएको र मुद्रा प्रवाहसमेत कमजोर हुँदा उद्योगी व्यवसायी प्रभावित भएको उनको भनाइ छ । उनले बढ्दो युवा पलायनका कारण आन्तरिक बजारमा वस्तु तथा सेवाको माग घटिरहेको उल्लेख गर्दै बजारमा माग बढाउने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराए। उनले पछिल्लो समय पूर्वाधार क्षेत्रमा राज्यको लगानी र खर्च अपेक्षाकृत रूपमा बढ्न नसकेको समेत उल्लेख गरे । पूर्वाधारमा सरकारी लगानी बढे मात्रै बजारमा मुद्रा प्रवाह र माग विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले उत्पादन, निर्यात, रोजगारी र लगानी विस्तारमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउन महासंघले छिमेकी मुलुकहरूसँग पनि छलफल अघि बढाएको बताए ।

 संयुक्त व्यापार मञ्च ९जोइन्ट बिजनेस फोरम० गठन गरी नेपालबाट छिमेकी मुलुकमा निर्यात गर्न सकिने वस्तु तथा ती मुलुकबाट नेपालमा आयात गर्न सकिने उत्पादन पहिचान गर्ने काममा महासंघ क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने, ‘सरकारले मुलुकको आर्थिक पुनरुत्थानको लागि कसरी काम गर्नसक्छ ? हामीले सरकारलाई कसरी सहयोग गर्न सक्छौँ भन्ने विषयमा गृहकार्य गरिरहेका छौँ । लगानीकर्ताको लागि नीतिगत स्थिरता, लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माणमा सरकारले भूमिका खेलोस् । निजी क्षेत्र लगानी गर्न तयार छ भन्ने किसिमले हामी अगाडि बढेका छौँ । अहिले बजारमा उत्पादित वस्तुको माग घट्दो रूपमा गइरहेको छ । माग बढ्न सकेको छैन । युवा पलायनको कारणले पनि माग घटिरहेको छ । त्यसकारण उद्योगी व्यवसायीको उत्पादनको माग बढ्ने गरी सरकारले काम गरिदियोस् । सरकारले पूर्वाधार क्षेत्रमा लगानी गरिदियोस् । अहिले पनि पूर्वाधारको क्षेत्रमा अपेक्षाकृत रूपमा लगानी हुन सकेको छैन । वर्षेनी पूर्वाधार क्षेत्रमा राज्यको लगानी र खर्च घटिरहेको छ । यस कुरामा सरकार सिरियस्ली लाग्नुपर्छ । मनी सर्कुलेसन नै भइरहेको छैन । मनी सर्कुलेसन भएपछि पो बजारमा डिमाण्ड बढ्ने हो । हामीले यो कुरा सरकारसमक्ष राखिरहेका छौँ । उत्पादन, निर्यात, रोजगारी र लगानी विस्तारमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका छ । यो भुमिकलाई अझै प्रभावकारी कसरी बनाउने भन्ने विषयमा हामी छिमेकी मुलुकहरूसँग पनि अन्तरक्रिया गरिरहेका छौँ । जोइन्ट बिजनेस फोरम बनाएर त्यो देशमा कुन उत्पादन नेपालबाट लैजान सकिन्छ र त्यहाँबाट के उत्पादन ल्याउन सकिन्छ भन्ने कुरामा पनि हामी काम गरिरहेका छौँ ।’

महासंघले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्द्धन र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले अगामी १७ देखि २१ मंसिरसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दैछ ।

0 Comments