ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट जडान गरेको छ ।
पैदल यात्रीहरुका लागि सजिलो होस् भन्ने उद्देश्यले प्रविधिको युगमा अत्याधुनिक मेसिनबाट धेरै कामहरु भइरहेका बेला नगरपालिकाले स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट जडान गरेको हो । एक कार्यक्रमकाबीच नगरपालिकाले सो सेवा सुरु गरेको हो ।
नगरपालिकाको बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा यस्ता ट्राफिक लाइट सञ्चालनमा ल्याएको र आगामी दिनमा अन्य भिडभाड हुने स्थानमा समेत थप गर्ने नगरपालिकाले जनाएको छ ।
यस्ता लाइटले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट काठमाडौँ उपत्यकाका विभिन्न पालिकामा प्रयोगमा आइसकेका छन ।







