१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने बेला भएको छैन : शंकर पोखरेल

अ+ अ-

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।

प्रेस चौतारी नेपाल धादिङले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरता  दिने धारणा व्यक्त गरे । 

उनले भने, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।” महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका हुन् । 

सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखलेको भनाइ छ ।  “सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ । 

“कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरूको खोजी चाहिँ होइन”, उनले भने, “अर्को समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।”

प्रतिक्रिया दिनुहोस