८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेल अस्पतालमा विभिन्न सेवा थप

अ+ अ-

काठमाडौँ । धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत सङ्कलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा बिरामीमैत्री पार्किङको व्यवस्थापन, प्लास्टिक फ्री वातावरण, इमर्जेन्सीका बिरामीका लागि फास्टट्र्याक सेवाको व्यवस्था गरिएको छ ।

यी सेवा सुधारबाट सेवाग्राहीहरूले विगतमा भन्दा सहज महसुस गर्ने अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेष प्रा. डा. सुमन ताम्राकारले जानकारी दिए ।

अस्पतालमा नाक, कान, घाँटी विभाग अन्तर्गत कानसम्बन्धी नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि हियरिङ स्क्रिनिङ, कान कम सुन्ने बिरामीका लागि आवश्यक हियरिङ एड्सम्बन्धी सम्पूर्ण सेवा दिइँदै आएको छ भने निकट भविष्यमा ‘कक्लियर इम्प्लान्ट (कान नसुन्नेका लागि प्रविधिजन्य जडान)’ सेवा सुरु गर्न लागिएको ईएनटी विशेषज्ञ प्रा. डा. विकासलाल श्रेष्ठले बताए ।

यसैगरी स्त्रीरोग विभाग अन्तर्गत बाँझोपनको समस्या भएका दम्पतीलाई मध्यनजर राख्दै आईयूआई (ईन्ट्रायुटेराइन इन्सेमिनेसन) सेवा पुनः सुचारु गरिएको छ । आईयूआई प्रविधि अन्तर्गत पुरुष पार्टनर अर्थात् श्रीमानको वीर्यलाई प्रोसेसिङ गरेर महिला पार्टनर अर्थात् श्रीमतीको पाठेघरमा राखिन्छ । केही हप्ता अगाडि मात्र सञ्चालनमा ल्याएको उक्त सेवाबाट कतिपय सेवाग्राहीमा सकारात्मक नतिजा देखिएको अस्पतालको दाबी छ ।

टेस्टट्युब बेबीभन्दा निकै कम खर्च र कम झन्झटमै गर्न सकिने उक्त प्रविधिबाट काभ्रे र आसपासका जिल्लाका सेवाग्राहीहरू लाभान्वित हुने लक्ष्य राखिएको छ । धुलिखेल अस्पतालमा दीर्घकालीन दुखाइ प्रताडितहरूका लागि ‘डेकेयर पेन क्लिनिक’ पनि सञ्चालनमा ल्याएको छ । डेन्टल विभाग अन्तर्गत मेडिकल थ्रिडी प्रिन्टिङ सेवा थालनीसँगै दन्तसम्बन्धी उपचार सुरु भएको छ । यसैगरी अस्पतालमा ल्याब परीक्षण अन्तर्गत हेमाटोलोजी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्री परीक्षणमा निकै अत्याधुनिक सेवा थप गरिएको छ ।

अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यले सेवालाई सरलीकृत र सहज बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस