काठमाडौँ। कोशी सरकारले प्रदेशका सबै वासिन्दासम्म स्वास्थ्य सेवा पुर्याउन घुम्ती बस सेवा शुरु गर्ने भएको छ । घुम्ती बस सेवामा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध हुनेछन् ।
घुम्ती बस सेवामा आयुर्वेदिक र होमिपेथिक सेवा पाइने छ । यसका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न बजेट विनियोजन गरेको बताए ।
उनले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।