८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउन सक्ने आंकलनबारे संगठन विभागले दियो प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउन सक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले केही प्रष्टीकरण दिएका छन् । भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भनेर मिडियाहरूले चासो दिएको विषयमा उनले सामाजिक सञ्जालमार्फत् ६ बुँदामा प्रष्ट्याएका हुन् ।

विद्या भण्डारी एमाले नेतृ भएर नै राष्ट्रपति बनेको र पदीय जिम्मेवारीले अलग रहनुपर्ने हुँदा पार्टीबाट अलग्गिएको उनको भनाइ छ । देश, जना र आफू विकास भएको राजनीतिक दल एमालेको स्थायी अभिभावक हुने अधिकार भण्डारीसँग सुरक्षित रहेको ढुंगेलले लेखेका छन् ।

‘उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवश्यकताले माग गर्‍यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वास चाहिँ हामीलाई छ’, नेता ढुंगेलको भनाइ छ ।

पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य बनाइन नहुने भन्दै ढुंगेलले राजनीतिक सक्रियताको निर्णय गर्ने विषय भण्डारीको व्यक्तिगत विषय भएको उनले प्रष्ट्याएका छन् ।

ढुंगेलले थप लेखेका छन्, ‘हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छैन । यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नुभयो भने उहाँको सक्रियता निसन्देह एमाले पार्टीमा नै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो । अनि के अनौठो भयो त !’

प्रतिक्रिया दिनुहोस