७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अदालतद्वारा मेयर थापासँग तीन लाख धरौटी माग

अ+ अ-

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थापासँग तीन लाख रुपैयाँ धरौटी माग गरेको विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

थापामाथि गत २८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उनले उल्लिखित रकम बराबरको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि उनीमाथि मुद्दा दायर भएको हो । 

थापा मेयरमा निर्वाचित भएको मितिदेखि उनले उक्त रकम अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ। ०७४ को असोजदेखि ०७९ माघसम्म सार्वजनिक सेवामा रहँदा थापाले उक्त रकम भ्रष्टाचारबाट आर्जित गरेको दाबी अभियोग पत्रमा छ।

मेयर थापाका साथै यस मुद्दामा जफत प्रयोजनका लागि श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतलाई प्रतिवादी बनाइएको छ।

मेयरविरुद्ध गत २९ जेठमा भ्रष्टाचारको अर्को मुद्दासमेत दायर भएको छ। 

प्रतिक्रिया दिनुहोस