१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डको अध्यक्षको प्रक्रियाबारे समितिले महान्यायाधिवक्तासँग राय लिँदै

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको (सेबोन) अध्यक्ष प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयबारे छनौट समितिले आज महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय लिने भएको छ ।

अध्यक्षका सबै उम्मेदवार अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्डको सो प्रक्रिया थालेको हो ।

अहिले महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल छन् । सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जना दुई पटकसम्म सूचना जारी गर्दा पनि बदनियतपूर्ण ढंगले अन्तरवार्तामा अनुपस्थित भएपछि छनौट प्रक्रिया के गर्ने भन्नेबारे महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय लिने निर्णय बमोजिम राय लिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अध्यक्षका उम्मेदवारत्रय बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटक सम्म अनुपस्थित भएका थिए ।

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता भने पहिलो चरणमा नै भएको थियो । कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने भएकाले २ जना मात्र उपस्थित हुँदा समस्या भएको छ ।

अब महान्यायाधिवक्ताको कार्यालयको राय अनुसार नै प्रक्रिया अघि बढाउने अर्थले जनाएको छ । बोर्ड नेतृत्वविहीन हुँदा लामो समयदेखि शेयर निष्कासनदेखि अरू महत्त्वपूर्ण काम अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस