काठमाडौँ । राष्ट्रिय सभा बैठकमा नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस भएको छ ।
आइतबारको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् ।
पेस गर्दै उनले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा भरपुर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए ।
उनले ग्रामीण ऊर्जा नीति, २०६३ र राष्ट्रिय ऊर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमशः नवीकरणीय ऊर्जा एवं ऊर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरुको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानूनी व्यवस्था हुने बताए ।