८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईबीको प्रहरी हुँ भन्दै १० लाख लुटपाट गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ४८ वर्षीय भाग्यराम पाइन, बाह्रबिसे-३ कै २६ वर्षीय लिलाबहादुर तामाङ, बाह्रबिसे-३ कै २५ वर्षीय च्याङ्बा र हर्के भनिने लोकबहादुर पाख्रिन र बाह्रबिसे-४ का २५ वर्षीय इनकुमार पाख्रिनविरुद्ध मुद्दा चलाइएको हो ।

यसअघि १७ जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाग्यरामलाई पक्राउ गरेको थियो । बाँकी ३ जना अझैसम्म फरार रहेकाले उनीहरूलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो । चारैजनालाई डाँका चोरीको कसुरमा मुद्दा दायर गरिएको छ ।

पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । फरार रहेका अर्का प्रतिवादी लोकबहादुर पनि चोरी मुद्दामा यसअघि दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । २६ असार २०८० मा ललितपुर जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष ४ महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

उनीहरूले १३ जेठमा कपनमा सोहिल बाह्रबिसे सुनचाँदी पसल सञ्चालन गरेर बसेका जयविक्रम विकको सुनका गरगहना र नगद गरेर ९ लाख ९२ हजार ६३२ रुपैयाँ बराबरीको लुटपाट गरेको आरोप छ ।

लुटपाट गर्नुअघि गिरोहका एक सदस्यले विकलाई फोन गर्दै सापटी पैसा मागेका थिए । लगत्तै ६ जनाको समूह उनको कोठामा गएको थियो ।

त्यसपछि विकलाई आफूहरू सीआईबीको प्रहरी भएको बताउँदै चोरीको सुन किन्ने गरेको भन्दै पसल खोल्न लगाएर लुटपाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस