काठमाडौँ । बचत रकम फिर्ता माग्दै सहकारी संस्थाका पीडितहरुले काठमाडौँ प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।
उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।
प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् ।