७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण कसैले ल्याए राजनीतिबाट सन्यास लिन्छु : धनराज गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले आफूले कहीँ कतै एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

मंगलबार काठमाडौँमा पार्टीनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै वडाध्यक्षदेखि पार्टीका शीर्ष सबै नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमितिको बैठकमा पनि राखेको बताए।

उनले भने, ‘मैले कुनै एउटा मात्रै ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने प्रमाण लिएर आउँछ भने राजनीतिबाट सन्यास लिन तयार छु । यही कुरा हरेक नेताले भन्न सक्ने कि नसक्ने आजको दिनमा ? सवाल यो हो। मैले महासमितिको बैठकमा पनि भनेको थिए वडाध्यक्षदेखि पार्टीका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। मैले सदनमा पनि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर दर्ता गरेका छन् ।’

उनले पद पाउनको लागि मात्रै होइन देश र जनताको लागि दलहरूले सहकार्य गर्नुपर्ने बताए ।

उनले अगाडि भने, ‘कुनै पार्टीको नेताले गलत गर्दै गर्दा हामीले छानबिन गर्नुपर्छ भन्दै गर्दा तेरो पनि यो फाइल खोल्दिउँरु भन्ने परिस्थिति अब दिनमा त्यस्तो कदम हुनै हुन्न। त्यसपछि मात्रै काँग्रेस जनताको पार्टी हुन्छ ।’

प्रतिक्रिया दिनुहोस