७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयले सोध्यो स्पष्टीकरण 

अ+ अ-

काठमाडौँ । महानिर्देशकको मोबाइलबाट अनधिकृत व्यक्तिले फोन गरेर असुली धन्दा चलाएकोबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजश्व अनुसन्धान विभागलाई स्पष्टीकरण सोधेको छ । 

राजश्व अनुसन्धान जस्तो महत्त्वपूर्ण निकायका महानिर्देशककै फोनबाट व्यापारीलाई बोलाएर ‘बार्गेनिङ’ गर्ने गरेको खबर बाहिरिएसँगै प्रधानमन्त्री कार्यालयले विभागलाई स्पष्टीकरण सोधेको हो । 

‘महानिर्देशकको फोनबाट अनधिकृत व्यक्तिले व्यवसायीहरूलाई फोन गरेर धम्क्याएको विषयमा सत्य तथ्य के हो ? भनेर विभागलाई स्पष्टीकरण सोधियो’ विशेष स्रोतले प्रशासनलाई भन्यो । 

यसबारे विभागका महानिर्देशक चक्र बहादुर बुढासँग सम्पर्क गर्न खोज्दा एउटा नम्बर अफ छ भने अर्को नम्बर उठाएनन् । 

राजश्व अनुसन्धानका महानिर्देशकको नामबाट अर्को महानिर्देशक बनेर व्यापारीहरूलाई बिदाका दिन फोन गरेर पैशा मागेको भन्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसदमै प्रश्न उठाएसँगै यो विषयले कर्मचारी वृत्तमा तरङ्ग पैदा गरेको छ । 

सम्बन्धित समाचार : राजस्व अनुसन्धान विभागमा कसले चलायो ‘असुली धन्दा’ ? सांसदले मागे जवाफ

यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभाग तथा कार्यरत कर्मचारीहरूमाथि निगरानी बढाउन राष्ट्रिय अनुसन्धान विभागलाई पत्राचार गरेको छ । 

सम्बन्धित समाचार : राजश्व अनुसन्धान विभागको ‘असुली धन्दा’बारे अनुसन्धान गर्न गुप्तचरलाई प्रधानमन्त्रीको कार्यालयको पत्र

केही समययता यो लगायत नियामक केही विभागहरूले तर्साएर असुली गर्ने गरेको गुनासो व्यापक बढ्दै गएको छ ।

सम्बन्धित समाचार : राजस्व अनुसन्धान विभागमा कसले चलायो ‘असुली धन्दा’ ? सांसदले मागे जवाफ

सम्बन्धित समाचार : नियामक निकायले चलाएको ‘असुली धन्दा’बाट आजित बनेको व्यवसायीको गुनासो

प्रतिक्रिया दिनुहोस