७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० क्रिकेट : उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी–२० विश्वकपको फाइनल खेल आज हुँदै छ । 

 बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् । दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् ।  दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । भारतले भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै उपाधि भिडन्तमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।

टी-२० क्रिकेटमा दक्षिण अफ्रिका र भारतबीच २६ खेल भएका छन् । जसमध्ये भारतले १४ खेलमा र दक्षिण अफ्रिकाले ११ खेलमा जित हात पारेको छ ।  एउटा खेलको भने नतिजा आएको थिएन ।

टी-२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदाबा छ । दुवै टोली ६ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ । 

दक्षिण अफ्रिकाको विश्वकप यात्रा 

एडन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकी टोलीले यो विश्वकपमा अहिलेसम्म ठ खेल खेलेको छ ।  शतप्रतिशत निकालेको मार्करामको टोलीले समूह चरणका चार खेल र सुपर आउण्डमा तीन खेल जितेको थियो । यसपछि सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपाललाई पराजित गरेको थियो । त्यसपछि सुपर–८ राउण्डमा अमेरिका, इंग्ल्याण्ड,  वेस्ट इन्डिजलाई हराएको थियो ।

सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली अफगानिस्तानलाई फराकिलो विकेटले  पराजित गर्दै पहिलो पटक आईसीसी विश्वकपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिकी टोली कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको थिएन। अब टोली च्याम्पियन बनेमा अपराजित रहँदै च्याम्पियन बन्नेछ । पहिलो पटक आईसीसी विश्वकप ट्रफी जित्ने टोली बन्ने छ ।

भारतको विश्वकप यात्रा 

रोहित शर्माको कप्तानीमा भारतले यो विश्वकपमा अहिलेसम्म सात खेल जितेको छ।  एक खेल वर्षाले रद्द भएको थियो । भारतले समूह चरणमा तीन खेल जितेको थियो भने सुपर आठ चरणमा पनि तीन खेल जितेको थियो । समूह चरणमा भारतले आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो । तर, भारत र क्यानडाको खेल भने वर्षाले रद्द भएको थियो । 

त्यसपछि सुपर आठमा भारतले अफगानिस्तान, बंगलादेश र २०२१ को च्याम्पियन अस्ट्रेलियालाई हराएको थियो । सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले हराएर २०२२ विश्वकपको सेमिफाइनलमा भएको हारको बदला पनि लिएको थियो । भारतले पनि अहिलेसम्म सात खेलमा अपराजित रहेर फाइनल खेल खेल्दै छ ।   

प्रतिक्रिया दिनुहोस