काठमाडौँ । आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज (आइतबार) चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।