काठमाडौँ । नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भए सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
एमालेले काँग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।