१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा बैठक : बाढीपीडितलाई समयमै राहत दिन माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए ।

राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन् । उनले गत कात्तिकमा जारजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई हालसम्म राहत उपलब्ध नगराएको, पालमुनी बस्दा दैनिक जीवन कष्टकर बनेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शारदादेवी भट्टले सरकार बाढीपहिरो आउनुपूर्व उद्धार र राहतको तयारीमा जुट्नुपर्ने बताइन् । सांसद तुलसाकुमारी दाहालले विद्यालय शिक्षा कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिइन् । सांसद मृगेन्द्रसिंह यादवले किसानले सुलभ रुपमा मल पाउनुपर्ने बताए ।

यसैबीच आज विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमध्ये विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यतालिका छ ।