९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसूति अस्पतालले स्वस्थ शिशुको प्रतिस्पर्धा गर्दै 

अ+ अ-

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ ।

अस्पतालले ३० साउनमा यो प्रतिस्पर्धा गर्न लागेको हो । प्रतिस्पर्धामा भाग लिने शिशुहरू प्रसूति गृह थापाथलीमै जन्मेको हुनु पर्नेछ ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कृष्ण अष्टमीको अवसर पारेर स्वस्थ शिशुको प्रतिस्पर्धा आयोजना गर्दै आएको बताए । उक्त प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट भएका तीन शिशुलाई अस्पतालले पुरस्कार वितरण गर्छ ।

अस्पतालले प्रतिस्पर्धाबाट छानिएका शिशुहरूलाई १ भदौमा हुने ६०औँ वार्षिकोत्सवका दिन पुरस्कृत गर्नेछ । डा. अधिकारीका अनुसार शिशुलाई जन्मेदेखि ४५ दिनभित्र, ४५ दिनदेखि ६ महिनाभित्र र ६ महिनादेखि १ वर्षभित्र गरी ३ क्याटागोरीमा विभाजन गरिने छ ।

शिशुहरूको पोषण, शारीरिक तथा मानसिक विकासक्रम लगायतका स्वस्थ मानिने इन्डिकेटरहरूको जाँच गरिनेछ । बच्चा जन्मिएको समयको तौल, उमेर अनुसारको माइलस्टोन डेभलपमेन्ट, बच्चाको शारीरिक बनावट, पोषण लगायतका पक्षका आधारमा उत्कृष्ट छनोट गरिने छ ।

प्रतिक्रिया दिनुहोस