२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान्यायाधिवक्ताले उन्मुक्ति दिएका ४ जना विशेष अदालतबाट दोषी ठहर

अ+ अ-

काठमाडौँ । दुई वर्षअघि तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा नचल्ने भनी उन्मुक्ति दिएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने काममा संलग्नहरूलाई सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरेको हो ।

महान्यायाधिवक्ता खातीले बैंकिङ कसुरको आरोपबाट उन्मुक्ति दिएका व्यक्तिहरू विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नक्कली धितो र ऋणका आधारमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा शोभा शाक्य, रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, कुशन प्रधानलाई दोषी ठहर गरेको हो । विशेष अदालतले आरोपीहरू अनुजमणि तिमिल्सिना र स्मृति जोशीलाई भने सफाइ दिएको छ ।

विशेष अदालतका सदस्य डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर गरेको हो ।

नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलेको थियो । उनीहरूलाई हुने जरिवाना र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने भन्दै विशेष अदालतले आगामी आइतबार (३० असार)मा पेसी तोकेको छ ।