काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिएका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँले पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित समारोहमा उनलाई उच्च अदालत विराटनगरका मुख्यन्यायाधिश रमेश प्रसाद राजभण्डारीले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
गुरागाईँलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको सिफारिस समितिको बैठकले लोक सेवा आयोगको अध्यक्षमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।







