११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो-कांग्रेससँग सम्झौता होइन, संकट मोचन गर्ने सहमति

अ+ अ-

काठमाडौँ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले काँग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे । उनले दुई दलबिचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको पनि बताए ।

‘सिंगो देशको संकट मोचन गर्न काँग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको हो’, उनले भने, ‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।’ उनले प्रधानमन्त्रीले प्रेम एउटासँग गर्ने र लिभिङ टुगेदर अर्कोसँग गर्ने प्रवृत्ति देखाएकाले काँग्रेस एमाले समझदारी भएको दाबी गरे ।

‘वर्तमान सरकारलाई एमालेले दिएको समर्थन असार १९ गते फिर्ता लियौँ । समर्थन फिर्ता सँगै एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो’, बर्तौलाले अन्जु पन्तको गीत सुनाउँदै भने

‘राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले एउटा गीत गाउनुभयो, फत्तेमानको । तर म प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत सुनाउन चाहन्छु ।’

उनले ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? ’बोलको गीत गाउँदै प्रधानमन्त्रीले सँगै बसौँ र सरकारलाई विकास सम्मृद्धिको पथमा अघि बढाउन एमालेले चाहे पनि प्रधानमन्त्रीले अर्को दाउपेचको खेलेको आरोप लगाए ।

‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको शैलीको मारमा एमाले पर्‍यो । त्यही भएर हामी बाहिरियौ’, उनले भने, ‘काँग्रेस एमाले साथीको खोजीमा रहेका थिए । दुवै दलहरूले देशको संकटबाट निकास दिनुपर्छ भनेर समझदारी गर्‍यौ ।’ उनले नयाँ समझदारीपछि केही समीक्षा भएको भन्दै प्रधानमन्त्रीले कहिले काँग्रेस र कहिले एमालेलाई गैँडाले चाटेजस्तो गरेको टिप्पणी गरे ।

त्यसक्रममा बर्तौलाले फायल खोल्ने भनेर केही मन्त्री र नेताहरूले धम्की दिएको भन्दै फायल खोलेर देखाउन चुनौती दिए । उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुने भन्दै यदि प्रधानमन्त्रीले असार २८ मा बहुमत पुर्‍याए आफूहरूलाई कुनै आपत्ति नहुने बताए ।

प्रतिक्रिया दिनुहोस