काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको अन्तर्वार्ता स्थगित भएको छ ।
प्रतिष्ठानको कार्यकारी निर्देशक पदपूर्ति उप-समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि यही असार २५ र २६ गते प्रस्तुति र अन्तर्वार्ताको समय निर्धारण गरेकोमा सोमबार (आज) अन्तिम समयमा प्रस्तुति र अन्तर्वार्ता स्थगित गरेको सूचना जारी गरेको छ।
प्राविधिक कारणले गर्दा अर्को सूचना जारी नभएसम्मका लागि कार्यकारी निर्देशक पदको प्रस्तुति र अन्तर्वार्ता स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रतिष्ठान विकास समितिको (गठन) आदेश, २०८० को दफा ६ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा प्रतिष्ठानको कार्यकारी निर्देशक पदको पदपूर्ति गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दरखास्त आव्हान गरेको थियो ।