काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले देशमा तीन दशकदेखि राजनीतिक वितण्डा मच्चाउनेहरूले आफूहरूलाई संस्कार नसिकाउन सचेत गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा उनले रास्वपाको तर्फबाट तीन दशकदेखि राजनीतिक वितण्डा देखाएकाहरूले हामीलाई संस्कार नसिकाउन आग्रह गरे ।
उनले काँग्रेस(एमालेलाई लक्षित गर्दै भने, ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरू पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौँ ।’ सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे ।
उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’