काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले पाएको छ ।







