काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा आज पनि कर्मचारीले धर्ना जारी राखेका छन् ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समस्या समाधानका लागि समय मागे पनि लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएकाले धर्ना जारी राखिएको उनीहरूले बताएका छन् ।
मन्त्री अधिकारीले पदभार ग्रहण गर्नु अगावै धर्नामा बसेका कृषि प्राविधिकको समस्या चाँडै समाधान गर्ने प्रतिबद्ध जनाएका थिए । तर लिखितरुपमा कुनै प्रतिबद्धता नआएको उनीहरूको भनाइ छ ।
मन्त्री अधिकारीले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरेका थिए । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय प्राविधिक कर्मचारी आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै १७ दिनदेखि धर्नामा छन् ।