१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मी प्रशासनद्वारा अशक्तलाई घरमै नागरिकता प्रदान

अ+ अ-

गुल्मी । गुल्मीमा अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ । 

 अपाङ्गता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँ गाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरे । जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय जिल्लामा अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेको प्रजिअ शर्माले बताए ।

‘हामीले हरेक पालिकामा पुग्दा त्यहाँका जनप्रतिनिधिलाई त्यस्ता प्रकारका अशक्त र अपाङ्गता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौँ भनेका छौँ,’ उनले भने । अपाङ्गता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकाले उनीहरूलाई कार्यालयबाट कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताए ।

अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रजिअ शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिबद्धता जनाएका थिए । आफूले गुनासो राखेपछि मङ्गलवार घरमै आएर छोरालाई विस्तारामै नागरिकता दिँदा आफूहरू निकै खुसी बनेको अन्मुलका बुबा ध्रुव घर्तीले बताए । ‘यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आउनुभयो, नागरिकता दिनुभयो, हामीलाई त भगवान् आएजस्तै भयो,’ घर्तीले भने ।

स्वास्थ्य नै जन्मिएका अन्मुल जन्मेको चार दिनपछि कमलपित्तका कारण अपाङ्ग भएका थिए । उनी बोल्न र केही गर्न सक्दैनन् । उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रूपमा खटिरहनुपर्ने बाध्यता छ । ध्रुवका तीन सन्तानमध्ये उनी माइलो सन्तान हुन । 

जिल्ला प्रशासन कार्यालयले यसअघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकाहरूमा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारहरूलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस