८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली डिएसपी बनेर सरकारी कार्यालय अनुगमन गर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । बाँके प्रहरीले एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख जिल्लाको नारायण नगरपालिका– ५ का ३० वर्षीय नैन सिंह विक रहेका छन् ।

विकलाई बाँकेको कोहलपुर नगरपालिका– ११ स्थित एनटिभी रोडबाट मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए । राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी नविन शाही हुँ भन्दै विक विभिन्न सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको र सर्वसाधारणलाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएको विकमाथि अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । विकले आफू डिएसपी नवीन शाही हुँ भनेर तीन महिनादेखि विभिन्न सरकारी कार्यालयहरूमा अनुगमन गर्ने, सरुवा भएर आएका कार्यालयका प्रमुखहरूलाई भेट्ने, विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको पाइएको छ ।

प्रहरीले विकबाट ठगिएकाहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस