काठमाडौँ । अर्थ मन्त्रालयले मन्त्रालयको पूर्व स्वीकृति विना कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नगर्न भनेको छ ।
अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै नयाँ दरबन्दी सिर्जना हुने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा मन्त्रालयको स्वीकृत लिनुपर्ने जनाएको हो ।
अर्थ सचिव मधु कुमार मरासिनीले जारी गरेको मार्ग दर्शनमा भनिएको छ, ‘अर्थ मन्त्रालयको पूर्व स्वीकृति विना कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने, नयाँ दरबन्दी थप नगर्ने, नयाँ सङ्गठन स्थापना नगर्ने र दरबन्दी भन्दा बढी कर्मचारी कुनै पनि निकायमा नखटाउने र खटाउनै पर्ने भए अस्थायी दरबन्दी स्वीकृति गरी मात्र पठाउने व्यवस्था गर्नु/गराउनु हुनेछ ।’







