२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक

अ+ अ-

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोस्रो हप्तातिर हुने भएको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ ।

कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ ।

प्रारम्भिक चरणको आवेदन छनोट प्रक्रियामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यस सहकार्यबारे बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गीता पुरीले भनिन्, “ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौँ । यस सहकार्यले विविधतालाई प्रवर्धन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको छ । यो साझेदारी प्रायोजन मात्र नभएर महिला सशक्तीकरणमा समर्पित दुई संस्थाहरूको सहकार्य हो ।”

त्यस्तै ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलीप पोखरेलले भने, “मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । ग्लोबल आईएमई बैंक समाजको प्रगति र महिला सशक्तीकरण गर्ने पहलहरूलाई सदैव समर्थन गर्दछ । हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य नारी पहल, मेरी उनिलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमहरू गरेर महिलाहरूको आर्थिक शैक्षिक लगायत समग्र सशक्तीकरणमा पहल गर्दै आइरहेका छौंं ।”

यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरू राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।