२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवस्था परिवर्तन गर्न नयाँ गठबन्धन : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थिर सरकार बनाएर मुलुकलाई समृद्ध बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपाल गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले स्थिरता सहित जनताको अवस्था परिवर्तनका लागि नयाँ गठबन्धनको सरकार बनेको बताएका हुन् ।

उनले भने, ‘मुलुकलाई सबै क्षेत्रमा गतिशील बनाउन, विकास निर्माणमा भएको बेथिति हटाउन र विकासको गतिमा तीव्रता दिन नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएर सरकार बनेको हो ।’

मुलुकमा देखिएको बाह्य जोखिम र विचलनलाई अन्त्य गरी राष्ट्रिय हितको संवर्द्धनका लागि एमाले सरकारमा गएको ज्ञवालीले बताए ।

राष्ट्रिय हित, देशको अर्थतन्त्रको सुधार, सुशासन कायम र राजनीतिक स्थिरताका लागि यो सरकार गठन भएको ज्ञवालीको तर्क छ । पछिल्लो समय युवामा निरासा पैदा भएको बताउँदै नेता ज्ञवालीले देशको अवस्थालाई परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन एमाले पार्टी सदैव लाग्ने बताए ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा ठूला दललाई पालैपालो उपयोग सरकार टिकाइराख्छु भन्ने भ्रम थियो,’ ज्ञवालीले भने, ‘मुलुक गहिरो संकटबाट जोगाउनका निम्ति नयाँ कोर्स सुरु भएको हो ।’