८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सात वटा संसदीय समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । बुधबार सात वटा संसदीय समितिको बैठक बस्दै छ। सिंहदरवारस्थित संसदीय समितिको कार्यकक्षमा विभिन्न सात समितिका बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

बिहान साढे ९ बजे अर्थ समितिको बैठक बस्नेछ। उक्त बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थ मन्त्रीसँग छलफल हुने कार्यसूची छ। ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि सम्झौताहरूको विवरण र हालसम्मको कार्यप्रगती तथा मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची छ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ। बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची छ। बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि ११ बजे बस्दै छ। 

बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्ने कार्यसूची छ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि विकास समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। उक्त बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस