काठमाडौँ । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको जहाज दुर्घटनामा परेका ५ जनाको शव निकालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीका अनुसार थप यात्रुको उद्धार कार्य जारी छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
प्रमुख अध्यागमन अधिकृत पन्थीका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।







