१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा एक वर्षमा नौ हजार बढी मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न अपराधका नौ हजार तीन सय ८७ मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ७४ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् ।

कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले गत आवमा आत्महत्याका एक हजार पाँच सय ५४, लागुऔषधका एक हजार २९, बैंङ्किङ कसुरका एक हजार चार, चोरी तथा डकैतीका सात सय ५३, जबरजस्ती करणीका पाँच सय १७, ठगीका दुई सय ८५ र कर्तव्य ज्यानका एक सय १६ वटा मुद्दा दर्ता भएका जानकारी दिए ।

उनका अनुसार जबरजस्ती करणी उद्योगमा एक सय १३, कीर्तेसम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचबिखन ११ र अन्य दुई हजार तीन सय ५३ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले एक वर्षको अवधिमा दुई हजार तीन सय ८५ जना फरार अपराधी पक्राउ गरी रु ८६ करोड ४८ लाख २९ हजार चार सय २९ राजस्व सङ्कलन गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

सोही अवधिमा प्रहरीले १४ वटै जिल्लाबाट १० हजार चार सय २० किलो गाजा बरामद गरेको जनाएको छ । साथै पाँच हजार दुई सय १० रोपनी लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।

तीन केजी आठ सय ८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार तीन सय ३८ वटा, मनोद्वीपक सुई सात हजार तीन सय ८७ एम्पुल र मनोद्वीपक पदार्थ दुई सय २६ बोतल बरामद गरी नष्ट गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रहरीले गत आर्थिक वर्षमा भन्सार चोरी तस्करी सामान नियन्त्रण गरी रु १२ करोड, ३८ लाख ११ हजार दुई सय १६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट रु. ४४ लाख १९ हजार एक सय ३५ र अवैध वन पैदावर नियन्त्रणमार्फत रु. ८० लाख ९७ हजार एक सय ६५ राजस्व सङ्कलन गरेको जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार जरिवाना तथा राजस्व सङ्कलन गरी कोशी प्रदेश प्रहरीले एक वर्षमा रु. एक अर्ब १८ करोड ५७ लाख दुई सय ५१ राजस्व सरकारको कोषमा जम्मा गरेको छ ।

प्रतिक्रिया दिनुहोस