काठमाडौँ। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने सबै १८ जनाको बिहीबार अबेरसम्म लगाएर भए पनि पोस्टमार्टम सक्ने तयारी भएको छ।
त्रिवि शिक्षण अस्पतालमा मृतकहरूको पोस्टमार्टम भइरहेको छ। बिहीबार साँझसम्म पोस्टमार्टम सक्ने चिकित्सकहरूले बताएका थिए।
पोस्ट मार्टमपछि सनाखतका लागि मृतकका आफन्तले भरेको विवरण ‘म्याच’ गरिने छ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकका परिवारलाई बुधवार मृतकहरूको हुलिया, उनीहरूले घरबाट निस्कँदा लगाएको कपडालगायत खुल्ने गरी फर्म भर्न लगाएको थियो।
बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान आधा मिनेट पनि नहुँदा विमानस्थल परिसरमा दुर्घटना भएको थियो।
मर्मतका लागि पोखरा लैजान लागिएको विमानमा चालक दलका दुई सदस्यसहित १९ जना सवार थिए। पाइलट मात्र बाँचेका हुन्। उनी खतरामुक्त छन्।