काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र अस्ट्रेलियन राजदूतबीच भेट भएको छ । बिहीबार मन्त्रालयमा अस्ट्रेलियन राजदूत महामहिम फेलिसिटी भोल्क र वन मन्त्री शाहीबीच भेट भएको स्वकीय सचिव लेक विक्रम शाहले जानकारी दिए ।
उक्त भेटमा राजदूतले अस्ट्रेलियन सरकारको लगानीमा नेपालमा विगत लामो समय देखि सामुदायिक बन खाद्य सुरक्षा क्षमता जीविकोपार्जन जलवायु परिवर्तन जस्ता काम गरेको मन्त्रीलाई जानकारी गराएको शाहले बताए ।
अस्ट्रेलियाले नेपालको बन क्षेत्रमा ६० वर्ष देखि काम गर्दै आएको राजदूतले भनिन्, ‘जलवायु परिवर्तन जस्ता कामलाई अघि बढाउने चाहाना छ ।’ नेपालको वन क्षेत्रमा देखिएको डडेलो नियन्त्रण गर्न समुदाय सक्रिय हुनु पर्ने उनको भनाई छ ।
माउन्टेन क्षेत्रमा उच्च जोखिममा परेका समुदायलाई सहयोग गर्ने लक्ष्य रहेको राजदूतले बताईन् । म अहिले फर्केर गए पनि पर्यटकको रूपमा नेपाल आइरहने छु राजदूत फेलिसिटी भोल्कले भनिन्, ‘नेपाल प्रति मेरो सहयोग सद्भाव जारी रहने छ ।’
वन क्षेत्रमा सन १९६६ देखि अस्ट्रेलियन सरकारको सहयोग रहँदै आएको वन मन्त्री शाहीले भने सामुदायिक बन विकास परियोजनामा मार्फत नेपालमा वनको पुनर्स्थापना तथा वन प्राधिकरण क्षमता अभिवृद्धिमा अस्ट्रेलियन सरकारको महत्त्वपूर्ण भूमिका रहेको छ । अस्ट्रेलियन सरकारले जलवायु सामुदायिक वन विपन्न वर्गको जीविकोपार्जनका निम्ति लगानी निरन्तरता दिन मन्त्रीले राजदूतसँग आग्रह गरेका छन ।
हिमाली जिल्ला मुगुको पर्यटकीय स्थल रारामा अस्ट्रेलियनको आर्थिक सहयोगमा रिर्पोट बन्न लागेको विषयमा राजदूत प्रति खुसी व्यक्ति गर्दै मन्त्री शाहीले भने तपाई अर्को पटक नेपाल फर्किदा रिर्सोट निर्माण कार्य अघि बढी रहने छ ।