काठमाडौँ । कोशी र कर्णाली प्रदेशमा शुक्रबार (आज) सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णालीले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।
कोशी प्रदेश सरकारले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो भने कर्णाली प्रदेश सरकारले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको थियो ।